उपनिर्वाचन, छिटपुट घटनाबाहेक शान्तिपूर्णरूपमा मतदान सकियो:  निर्वाचन आयोग

काठमाडाैं | बैशाख १०, २०८०

उपनिर्वाचन, छिटपुट घटनाबाहेक शान्तिपूर्णरूपमा मतदान सकियो:  निर्वाचन आयोग

काठमाडौं:   चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ को उपचुनावमा सामान्य घटनाबाहेक शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ ।


तीन वटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चलेको थियो । चितवनका दुई वटा मतदान केन्द्रमा केहीबेर मतदान रोकिँदा बारामा केही व्यक्ति पक्राउ परेका थिए । सामान्य घटना भएको भए पनि समग्रमा चुनाव उत्साहपूर्ण र शान्तिपूर्णरूपमा सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो ।


यकिन तथ्याङ्क आइनसकेको र प्रारम्भिक विवरणअनुसार चितवन र बारामा ६० प्रतिशत तथा तनहुँमा ५५ प्रतिशतको हाराहारीमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ । तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति, बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएसँगै त्यहाँ नयाँ सांसदका लागि उप–चुनाव भइरहेको हो । चितवन–२ बाट निर्वाचित रवि लामिछानेको सांसद पद नागरिकता विवादमा सर्वोच्च अदालतले खारेज गरिदिएपछि पुनः चुनाव भएको हो ।


चितवनको उपचुनावमा १२ दल र १० स्वतन्त्र गरी २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । बारा–२ मा १० जना राजनीतिक दल र २४ जना स्वतन्त्र गरी ३४ जना उम्मेदवार छन् । यस्तै तनहुँ–१ मा नौ वटा राजनीतिक दलबाट नौ जना उम्मेदवार छन् ।

 पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरले यो क्षेत्रमा नि:शुल्क विद्युतीय बस चलाउने भएको छ ।   पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटरभित्र रहेको विमानस्थलबाट बाहिरिने...

थप पढ्नुहोस्

राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ ।         महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक...

थप पढ्नुहोस्

पोखरा ।   भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि रामघाट एफसी ग्रिन र मिक्की एफसी भिड्ने भएका छन् ।   ...

थप पढ्नुहोस्